जाजरकोटको नलगाड नगरपालिकामा ५४ प्रतिशत मतदान
जाजरकोटको नलगाड नगरपालिकामा ५४ प्रतिशत मतदान
    • बेल संचार

    • १६ मंसिर २०८१, आईतवार

सुर्खेत ।

जाजरकोटको नलगाड नगरपालिकामा ५४ प्रतिशत मतदान भएको छ ।

उपप्रमुख पदका लागि भएको निर्वाचनमा दिउँसो २ बजेर ४० मिनेटसम्म ५४ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले जानकारी दिए ।

१६ वटा मतदानस्थल र २४ वटा मतदान केन्द्रमा ८ हजार ६९६ मत अर्थात ५४ प्रतिशतभन्दा बढी मतदान भइसकेको प्याकुरेलले बरालले बताए । उनका अनुसार मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।

यहाँ १६ हजार ४ सय ४९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जाजरकोटकै कुसे गाउँपालिका– ७ को वडाध्यक्ष पदका लागि पनि मतदान भइहरको छ । त्यहाँ दिउँसो २ः४० बजेसम्म ८ सय ७७ जनाले मतदान गरेका छन् ।

कुल १ हजार ३०२ मतदाता रहेको कुसे गाउँपालिका–७, मा निर्वाचनका लागि एक मतदानस्थल र दुई मतदान केन्द्र तोकिएको छ ।

नलगाडको उपप्रमुख पदमा लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् ।

यस्तै रास्वपाले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसबाट ०७९ को निर्वाचनमा निर्वाचित उपप्रमुख सरस्वती सिंहको २०८० कात्तिक १७ गते भूकम्पमा परी निधन भएपछि उपनिर्वाचन भएको हो ।

साताकाे चर्चित
सम्बन्धित