भौगोलिक र हापानिको हिसाबले बिकट रहेको जुम्ला र हामी अभागी जुम्ली । कहिले पनि परिवारको साथ बस्न पाएनौ । सानोमा छदा जब परिवारको महत्वनै लाग्दैन थियो त्यतिबेला परिवार संग बस्न पाईओ । जब नौ कक्षा पढ्दै गर्दा हिउदे बिदामा टिउसन पढ्न तराई झरे देखी परिवार संग राम्रो संग बस्न नै पाईएन SLC पश्चात गाउँमा कलेज नभयकै कारण प्रदेशिएको जिन्दगी स्थायी रूपमा घर सम्म पुग्न पाएकै छैन । कलेज हूदै क्याम्प लाईफ सम्म लगातार प्रदेशिएको यो जुम्ली सानो तिनो रोजगारी भईसक्दा पनि अझै आफ्नै घरमा बस्न पाएको छैन।
यदि राम्रो कलेज क्याम्पस गाउतिर भैदिएको भय म लगाय तमाम् जुम्लीले आमा बुवा र आफ्नो परिवार हुदाहुदै टुहुरो बन्नु पर्ने थिएन।यदि जुम्लामा नजन्मि सुबिधा सम्मन्न शहरमा जन्मिएको भय सायद यति लामो टुहुरो जिन्दगी बिताउनु पर्ने थिएन होला ।
अनि माशिक रूपमा आउने तलबले आहा कति बिन्दासको जिन्दगी बिताउन पाउथे होला तर त्यसो हुन सक्दै सक्दैन किनकी म अभागी जुम्ली भयकोले। नत मेरा जुम्लाका त्यहि गडा ले मुल्य पाउनेछन् नत मेरो ठाउँमा राम्रा कलेज र क्याम्पस हुनेछन् नत राम्रा हस्पिटल नत राम्रो रोजगारी । म जस्तै तमाम् जुम्लीको यो साझा पिडा हो आफ्ना र आफन्तहरू हुदाहुदै टुहुरो बन्नु परेको।बुडेशकालका बा संगको मायाँ पनि पाईएको छैन सायद आमालाई जस्तै थोरै समय बिताउन पाउछु होला जस्तो लागिरहेको छ ।
मन त कटक्क खान्छ तर के गर्नु म अभागी जुम्ली। एउटी असध्यै माया गर्ने तिन बर्षको छोरी जो जहिले पनि बाबा कहिले आउने भनेर सोधिरहन्छे दिनमा एक वा दुई पटक मन कटक्क खादै नाजवाफ भयर भोली आउछु छोरी भन्न बाध्य छु अभागी जुम्ली। मलाइ थाहा छ जुन मैले भोगिरहेको छु त्यो मेरो पछिल्लो पिढिले भोग्ने छ । किनकी हामी अभागी जुम्ली।।