अध्यक्ष दाहालको निर्देशन :कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न
अध्यक्ष दाहालको निर्देशन :कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न
    • Bell Sanchar

    • २३ माघ २०८०, मंगलवार

काठमाडौँ,

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । ्

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उहाँले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताउनुभएको थियो ।

चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै अध्यक्ष दाहालले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरुलाई आग्रह गर्नुभएको माओवादी केन्द्रका सचेतक रुपा सोशी चौधरीले जानकारी दिनुभयो ।

बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित