अपाङ्गता भएका विपन्न बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान   
अपाङ्गता भएका विपन्न बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान   
    • Bell Sanchar

    • २४ माघ २०८०, बुधबार

तनहुँ

गाउँ सेवा कोष तनहुँले उदाहरणीय सामाजिक सेवा गर्दै आएको छ । कोषले सामाजिक क्षेत्रमा गरेको योगदानले जिल्लाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न वर्गलाई सहयोग पुगेको छ ।

भीम स्मृति दिवसका अवसरमा गाउँसेवा कोष तनहुँले भानु नगरपालिका–१२ कवाचितस्थित प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्न बालबालिका र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । चार ज्येष्ठ नागरिकलाई रु छ हजारसहित सम्मान गरिएको कोषका उपाध्यक्ष परशुराम गिरीले जानकारी दिनुभयो ।

सत्र टोलका ३९ असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई रु ४१ हजार आठ सय, एक सुत्केरीलाई रु आठ सय, ३३ उत्कृष्ट नतिजा ल्याउने जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरिएको उहाँले बताउनुभयो । अरनिको मावि, विद्यानिकुञ्ज मावि र सरस्वती मन्दिर माविका ३३ विद्यार्थीलाई रु ३३ हजार आठ सयसहित सम्मान गरिएको गिरीले बताउनुभयो ।

उहाँका अनुसार तीन आधारभूत विद्यालयका २२ विद्यार्थीलाई रु १३ हजार तीन सय ८५ सहयोग गरिएको छ । उहाँले भन्नुभयो, “गञ्जविष्णु स्मृति पुरस्कार छ, कोही पनि सहारा नभएका असहाय व्यक्तिलाई उपलव्ध प्रदान गरिन्छ, प्रत्येक टोलबाट सङ्कलन गरी आएको सिफारिसमा एक जनालाई रु २५ हजारसहित पुरस्कृत गरिएको छ ।”

कुल रु एक लाख २४ हजार नौ सय ५० रकम विद्यार्थी, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति तथा सुत्केरीलाई सम्मान गरिएको कोषले जनाएको छ । कोषले तनहुँका विभिन्न क्षेत्रका सामाजिक सेवामा उदाहरणीय कार्य गर्दै आएको छ । कोष विद्यार्थी, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सहयोगमा लागिपरेको छ ।

साताकाे चर्चित
सम्बन्धित