सर्वदलीय बैठक बस्छ भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै : रवि लामिछाने
सर्वदलीय बैठक बस्छ भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै : रवि लामिछाने
    • Bell Sanchar

    • २४ माघ २०८०, बुधबार

 काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए ।

सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमासर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई दलित र मुसहर बस्तीमा गर्नुपर्ने बताए ।

उनले सर्वदलीय बैठक गर्ने प्रस्ताव गरेका विषय यी हुन् :

१. आर्थिक शिथिलता, आम नैराष्य र युवा पलायनका लागि युवा केन्द्रित प्रोजेक्ट होपको विषय ।

२. सुशासन र भ्रष्टाचार नियन्त्रण ।

३. रुग्ण भौतिक पूर्वाधार आयोजनाको व्यवस्थापन ।

४. शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको संकट समाधान ।

५. परराष्ट्र मामिला ।

यी विषयमा सबै राजनीतिक दलको साझा धारणा बनाएर संसदबाट पास गर्न उनले प्रस्ताव गरेका छन् ।

सत्तारुढ दलका नेताहरुको कुरा सुन्दा बेथिती कहाँ छ र समाधान कसरी हुन्छ भन्ने पनि थाहा रहेको देखिएको लामिछानेले बताए ।

सबै थाहा रहेछ भने नगरेको चाहिँ किन, रोकेको कसले हो, हामी नयाँ दलले रोकेको हो त ? रोकेको हो भने कहाँनेर रोकेको हो जानकारी पाए हुन्थ्यो’ लामिछानेले भने ।

साताकाे चर्चित
सम्बन्धित