लिए तेस्रो विकेट कप्तान पौडेलले
लिए तेस्रो विकेट कप्तान पौडेलले
    • Bell Sanchar

    • २५ माघ २०८०, बिहीबार

 काठमाडौं

क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेट लिएका छन् ।

पौडेलले पर्गात सिंहलाई ललितनारायण राजवंशीबाट क्याच आउट गराए । सिंहले अर्धशतक बनाएका थिए ।

यो विकेटसँगै क्यानडाको ठूलो साझेदारी समेत तोडिएको छ । निकोलस किर्तनसँग सिंहले ७८ रनको साझेदारी गरे ।

२२४ रनको लक्ष्य पछ्याएको क्यानडाले २१ ओभर सकिदा ३ विकेटको क्षतिमा १२३ रन बनाएको छ ।

यसअघि सोमपाल कामीले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरेका थिए ।

त्यसअघि रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिए । उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।

साताकाे चर्चित
सम्बन्धित