कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता जारी
कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता जारी
    • Bell Sanchar

    • २६ माघ २०८०, शुक्रबार

 काठमाडौं ।

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता जारी छ । बिहीबारको वार्ता भएकै स्थान विराटनगरको बिग होटलमा आजको वार्ता सुरु भएको हो ।

वार्तामा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा तीन सदस्यीय सरकारी टोली छ । यसैगरी पहिचान पक्षधरका ११ जना वार्तामा छन् ।

कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने मागसहित पहिचानपक्षधर आन्दोलनमा छन् । उनीहरुसँग वार्ता गर्न कोशी सरकारले यही माघ ६ गते मन्त्री जवेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहने गरी तीन सदस्यीय समिति बनाएको थियो ।

वार्तालाई पहिचान पक्षधरले उठाउँदै आएका माग सम्बोधनको पहिलो कदमको रूपमा लिनुपर्ने कोशी प्रदेश सरकारका तर्फबाट गठित वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमल जवेगुले बताएका छन् ।

दोस्रो चरणको द्विपक्षीय वार्ताले के–के विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुङ्गो लगाउने बताइएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित