सुन्दर गणतन्त्र अभिसाप बन्न सक्छ
सुन्दर गणतन्त्र अभिसाप बन्न सक्छ
    • जङगलाल रोकाय

    • ४ फाल्गुन २०८०, शुक्रबार

जुम्ला

तमाम् सहिदहरूको बलिदान र जनताको संघर्षबाट ल्याएको यो सुन्दर गणतन्त्र अभिसाप बन्ने जस्तो देखिन थालेको छ। गणतन्त्र स्थपना भयको झण्डै चौध पन्ध्र बर्ष हुदा पनि जनताका जनगुनासाहरूको संम्बोधन हुन सकिरहेको छैन।र केहि जनताको जन आवाज गणतन्त्रको विकल्प राजतन्त्र भन्ने पनि सुनिन थालेको छ। कम्युनिष्ट भनौदाहरूको दुईतिहाई बहुमतको सरकार हुदापनि जनताका जनभावानाको कदर गर्न सकेन। यसको मतलब सत्तामा पुगेका मध्ये देश बनाउन खोज्ने सच्चा कम्युनिष्ट नेता हाम्रो मुलुकमा छैनन् भन्ने भान नेपाली जनतालाई भयको परिस्थिति छ। उच्चस्त राजनीतिक ओहोदाका ब्यक्तिले देश समृद्द बनाउनु भन्दा आफु र आफ्नाहरू लाई समृद्द बनाउन लागिरहेका देखिन्छन्। हिजो हातिछाप चप्पल लगाएर सिंहदरबार छिर्न कानूनी अधिकार पाएकाहरूको कालान्तरमा जिवन शैलि राजा महाराजाको जस्तै हुन थालेको छ। नत उनिहरूको ब्यापार छ नत ब्यबसाय नत अन्य सदस्य रोजगारी। अन्य देशको राजनीति सेवाको लागि गरिन्छ भने नेपालको राजनीतिमा ब्यापार गरिन्छ।

त्यहि राजनीतिक पोष्टको आधारमा घर घडेरी गाडिघोडा ईष्टमित्र लालन पालन रत देश खोक्रो बनिरहेको छ।अझैपनि राजनैतिक नेतृत्व सुध्रिएन भने यो गणतन्त्र धरापमा पर्ने देखिन्छ।आर्थिक रूपमा देशलाई समृद बनाउने तर्फ आफ्नो खाका सहिद कसैलेपनि संसदमा बोलेको देखिदैन।संसद भवन त राम्रो काम भयपनि नराम्रो काम भयपनि बिरोधै बिरोध गर्ने स्थलको रूपमा स्थापित हुन पुगेको छ। जस्ले ढुङ्गा मुडा जस्ले मानिसको हत्या गर्यो त्यनिहरूलाई नेता बनाउने नेपालीको संस्कारले कतै राम्रो मिसन भिजन भयको राजनेताहरू पाईरहेका छनौं कित जनताबाट निर्वाचित संघ र प्रदेशका जनप्रतिनीधिहरू सरकारको बिरोध बाहेक केहि गर्न जानेका छैनन् ।

देश समृद्द भयको हेर्न चाहने म एक नागरिकको हैसियतले देश समृद्द बनाउने केहि सामान्य आधारहरू बताउन चाहन्छु। नेपाल कुनैपनि अतिआबश्यक बस्तु जस्तै खाधन्नका सामान लत्ता कपडा जस्ता कुरामा पनि आत्मनिर्भर हुन सकिरहेको छैन। सामान्यतया गास बास र कपासमा स्थानिय उत्पादन तर्फ सरकारले ध्यान दिन नसकिरहेको अबस्थामा सामान्य बस्तु प्रयोग गर्न पनि नेपालीको टन्नै मुद्रा बिदेशिको हातमा पुगेको छ। बिश्वको जलस्रोतको दोस्रो धनि देश नेपाल भईकन पनि एक्काईसौ सताब्दिमा पनि नेपालको केहि हिस्सा बिधुतको पहुॅचमा पुग्न सकेको छैन। आहा सप्त कोशी कर्णाली र सप्त गण्डकी जस्ता बिश्वको सर्बच्चो शिखर बाट बाह्रै महिना कललल बगिरहेका यि नदिहरूले नेपाल सरकारलाई गिज्याईरहेका छन् गोज्योली रहेका छन। यदि हाम्रो जन्म अरू देशमा भैदिएको भय हामिलाई प्रयोग गरेर कति धनि भैसक्थे त्यिॅ देशहरू भनेर खिसिटिउरी गरिरहेका छन्।

सरकारले मात्रै बिधुत उत्पादन तर्फ लगानि बढाउन पाएको भय।स साना टुक्रे बिधुत उत्पादनको बजेटलाई शुन्य गर्दै ठुला बिधुत उत्पादन तर्फ बर्षेनि बजेट बिनीयोजन गर्ने नीति तथा कार्यक्रम हुनु आबश्यक देखिन्छ।खाडि मुलुक जहॉ पानिको समस्या छ त्यी देशहरूमा सरकारकै लगानीमा अन्तराष्ट्रिय शुद्दिकरण मापदण्ड अनुसार त । Mt.Everest नामका पानिका बोतलहरू बेच्न पाईदिएको भय, बिश्वमा पाईने अत्याधिक प्रजातिका जडिबुटी नेपालमा पाईने भयतापनि सस्तो मुल्यमा जडिबुटि बिक्रि गरि त्यहि जडिबुटी बाट बनेका महंगा औषधिहरू किन्ने मेरो देश।आफ्नै भुमिमा जडिबुटिको उत्पादनमा बडवा गराई सरकारी तवरबाट औषधि बनाउन पाए औषधि किन्ने अरबौ पैसा बिदेशिनु पर्ने थिएन।दैलेख जिल्लामा बलिरहेको ज्वालाले कम्ति गिज्याईरहेको छ नेपाल र नेपाली सरकारलाई बिभिन्न ठाउॅमा भयका फलाम सुन कोईला ईत्यादि खानिहरूले पनि कानेखुसी गरिरहेका छन् नेपाल सरकारका बिरूद्दमा। यि खानिहरू उत्खनन गरेर बिश्व बजार सम्म पुर्याउन तर्फ कसैको ध्यान गयको देखिदैन।

यो सम्बन्धमा देशैभरी गन्न नसकिने सांसदहरू छन।अहॅ एक जना सांसदको मुखबाट चुॅईक्क आवाज सुनिदैन।शिक्षा र स्वास्थ्य निशुल्क नगराई गरिब जनताले स्वतन्त्र पुर्वक बॉच्न पाउने हकबाट बञ्चित हुनु पर्ने अबस्था छ।हरेक तहका शिक्षा र हरेक किसिमका बिरामीले निशुल्क वा न्यून शुल्कमा पढ्न र उपचार गर्न पाउने वातावरण सृजना गर्नुपर्छ भन्ने तर्फ यिॅ सानो मुलुकका असंख्यक सांसदहरूले बोलेको कहिल्यै सुनिदैन।नत सरकारलाई वास्ता छ। हुनत सरकारमा बसेकाहरूकै लगानी निजी शिक्षा र निजी स्वास्थ्यमा छ। उनिहरूको शिक्षा र स्वास्थ्यको ब्यापार बाट अरबौ कमाई भयपछि भुईॅ मान्छेको गरिबि संग नत उनिहरूलाई मतलब छ नत उनिहरूले चलाएको सरकारलाई।भर्खर भर्खर संसद भवन भित्र छिरेका शिक्षा र स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा ब्यापार ब्यबसाय गर्न नपाएका भुॅईमान्छेले आशा र भरोसाका साथ मतदान गरि जिताएकाहरूको पनि त्यस तर्फ केहि ध्यान गयको छैन। शिक्षा र स्वास्थ्य जस्तो अतिआबश्यक बस्तुमा ब्यापार र ब्याबसाय गरेकै कारण आज धनि धनि हुदै गयको र गरिब झन् झन् गरिब हुदै गयको अबस्था छ। कालन्तरमा धनको पहुॅच थोरै व्यक्तिको मुठ्ठि भित्र रहने र बहुसंख्याक जनता गरिबिको चंगोलमा फसिरहने र अन्तत गरिबहरूले ठुलो बिद्रोह गर्नुपर्ने वातावरण सृजना हुन जानेछ।
अब स्थानीय तह तर्फ जाउॅ हरेक स्थानिय तहले मात्रै चाहने हो भने गरिब भुॅई मान्छेहरू आर्थिक रूपमा सबल हुन सक्नेछन्।तर हरेक स्थानिय तह का प्रमुखहरू प्रदेश र संघको बजेट माग गर्न प्रदेश र संघ तर्फ धाईरहेका मात्र देखिन्छन्न।स्थानिय तहकै ठुलो धनराशी खर्च गरेर ।

पहुॅच भयका केहि प्रमुखले बजेट त ल्याउॅछन् तर कमिशनै कमिशनको खेल मार्फत । पहुॅच नहुनेवाला रित्तो हात फर्किन्छन् खाना खर्च यति यातायत खर्च यति भनेर लेखिएको ठुलो रकमको बिल सहित त्यसको आर्थिक बोज आफ्नै स्थानिय तहले बेहोर्नु पर्छ।स्थानिय तहले आफ्नो ठाउॅमा उत्पादन हुने बस्तुहरूको पहिचान गर्न सक्नु पर्दछ। किसानहरू लाई बजारिकरणको ग्यारेन्टि दिई उत्पादनमा बढवा दिन तर्फ ध्यान दिन जरूरी छ ।जे चिज आफु संग छ त्यहि चिजपो बेच्ने हो। आफ्नो अधिकार क्षेत्र भित्रको नागरिकलाई आर्थिक उपार्जनका क्रियाकलापमा सक्रिय गराउन तर्फ हरेक स्थानिय तहले आकर्षक सुबिधा सहितको नीति तथा कार्यक्रम ल्याउन जरूरी छ। र स्थानिय तहको जल जमिन र जनसक्तिको उच्चतम प्रयोग गर्दै आर्थिक रूपमा सबल नागरिक र सबल स्थानिय तह बनाउन सकिन्छ।
अन्तत् हरेक तहका राजनीतिक कर्मिले बेलैमा सोच्न सकेनन् भने देश ठुलो भड्खालोमा परि जनताको रगतको बलिदानबाट प्राप्त गणतन्त्र सकिन सक्छ। गणतन्त्रको बिकल्प सुधारिएको गणतन्त्र नै हुनसक्छ।

साताकाे चर्चित
सम्बन्धित