प्रधानमन्त्री दाहाल : टिआरसी विधेयक ५ दिन भित्रमा सदनमा प्रस्तुत हुन्छ
प्रधानमन्त्री दाहाल : टिआरसी विधेयक ५ दिन भित्रमा सदनमा प्रस्तुत हुन्छ
    • Bell Sanchar

    • ११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अबको ५ दिनमा सदनमा प्रस्तुत हुने दाबी गरेका छन् ।

शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर विधेयक संसदमा पेश हुने दाबी गरे ।

यो विधेयक सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने उनले बताए । संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया पूरै टुंग्याएपछि जनयुद्ध दिवस पुनः मनाइने र बिदा दिइने दाबी गरे ।

साताकाे चर्चित
सम्बन्धित