काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकारका मन्त्रीहरूले सांसदहरूलाई समेत भेट्न आनाकानी गर्ने गरेको आरोप लगाएकी छन् ।
आईतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार असफल भएकाले अब मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताइन् ।
‘सांसदलाई भेट्न पनि मन्त्रीहरूले आनाकानी गर्छन् । मन्त्रीहरूले भेट्छन् चाहीँ कसलाई ?,’ उनले प्रश्न गरिन् ।
यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै उनले प्रदेश संरचनाको कारण झनै अप्ठ्यारो परेको बताइन् ।