रारा राष्ट्रिय म्युजिक अवार्ड सम्पन्न
रारा राष्ट्रिय म्युजिक अवार्ड सम्पन्न
    • Bell Sanchar

    • १८ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं
रारा राष्ट्रिय म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक समारोहबीच उक्त अवार्ड सम्पन्न भएको हो । कनका सुन्दरी फिल्मस्को आयोजनामा पदमबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा अग्रज संगीतकार राजकुमार बगरसहित विभिन्न अग्रज कलाकार, विभिन्न क्षेत्रमा सक्रिय रहेर सेवा गरिरहेका समाजसेवीलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

चर्चित कार्यक्रम सञ्चालक दिनेश डिसीद्वारा सञ्चालित उक्त अवार्ड समारोहमा बोल्दै प्रमुख अतिथि घिमिरेले कनका सुन्दरी फिल्मस्ले कर्णाली मात्रै नभई समग्र नेपालको कला संस्कृतिको जगेर्ना गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रि स्तरसम्म पु¥याउनको लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रसंशा गर्नुभएको थियो । उहाँले देशले रारा ताललाई मात्रै प्रचार प्रसार गर्ने होे भने पनि अथाह सम्भावना बोकोको कर्णाली देशकै महत्वपूर्ण पर्यटकीय नगरी बन्नसक्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रथम देउडा गायक स्वर्गीय महाशंकर देवकोटाको नामबाट महाशंकर राष्ट्रिय प्रतिभा पुरस्कार २०८० बाट वरिष्ठ देउडा गायिका सेतु खड्कालाई नगदसहित सम्मान प्रदान गरिएको थियो भने संगीतकर्मी सम्मान वरिष्ठ संगीतकार राजकुमार बगर, समाजसेवी सम्मान संस्थाका प्रमुख सल्लाहकार रतननाथ योगी, पत्रकारिता सम्मान गीता अधिकारी र कलासंगीत सम्मान सांस्कृतिक समाजका अध्यक्ष रामप्रसाद अवस्थीलाई प्रदान गरिएको थियो ।

अवार्डको निर्णयक टिममा बिरिष्ठ गायक प्रेमनाथ अधिकारी, वरिष्ठ डेउडा गायक नन्दकृष्ण जोशी, वरिष्ठ गायिका सेतु खड्का, गायक रुद्र शेखर शर्मा, गायिका रोशनी रसाइलीलगायत रहनुभएको थियो ।

समारोहमा ‘तिमी सागर’ बोलको गीतबाट गीतकार टेक तामाङ, ‘फर्क प्यारी’बाट गायक जय सिं कुमाई, ‘दोधारमा छु’बाट बहिरा कलाकार मोडल सुजन बमलाई पपुलर अवार्ड प्रदान गरिएको थियो । यस्तै, राष्ट्रिय भावको गीतबाट अजय पल सिंहले ‘छोरो नेपाल’ गीतबाट अवार्ड चुम्नुभएको थियो भने उत्कृष्ट गीतमा निश्चल दवाडी र शम्भु कुँवरले ‘माइली’ गीतबाट आफ्नो पोल्टामा पार्न सफल हुनुभएको थियो ।

यसैगरी आधुनिक/पप गीतकार पद्मा लिंखा मगर ‘अम्मली पो भए’, आधुनिक/पप गीतकार रोहित घिमिरे ‘सान्बाबु’ आधुनिक/पप संगीतकार राम कुमार रिमाल ‘पूरा भयो सपना’, आधुनिक/पप गायक डेविट शंकर ‘सधैँ यस्तै मीठा कुरा’, आधुनिक÷पप गायिका निता आचार्य ‘मनको धोको’, आधुनिक/पप नवगायन निमा शेर्पा ‘भन आज’, आधुनिक/पप मोडल पुरुष पुष्प खड्का ‘अम्मली पो भए’, आधुनिक/पप महिला मोडल बर्षा शिवाकोटी ‘पानी दरर’, आधुनिक/पप नवमोडल महिला पवित्रा ‘शाँखी जुम्ला’, आधुनिक/पप नवमोडल पुरुष अंशु बर्मा ‘सुन चाँदी २’, आधुनिक/पप म्युजिक भिडियो निर्देशक डि.बी खड्का ‘सधैं यस्तै मीठा कुरा’बाट अवार्ड प्राप्त गर्न सफल हुनुभएको थियो ।

यस्तै, लोकदोहोरी विधातर्फवाट शब्द रचनामा यामप्रसाद निउरे ‘तिम्रो घरबार’, लोकदोहोरी लय डा.शिव सुवेदी ‘दुःख ट¥या छैन’, लोकदोहोरी गायक कुमार कार्की ‘मनको चाहाना’, लोकदोहोरी गायिका पूर्णकला वि.सी.‘माइली’ गीतबाट अवार्ड प्राप्त गर्नुभयो । त्यस्तै मोडल पुरुष लोकदोहोरीमा सागर लम्साल ‘वैनी ज्यू दाजै ज्यू’, मोडल महिला लोकदोहोरी एन जेड सालु ‘आँखैमा बस्छौकी माया’, नव मोडल लोकदोहोरी गणेश भट्ट ‘मैसाप’, लोकदोहोरी म्युजिक भिडियो निर्देशक मिलन श्रेष्ठ ‘मनमा तिमी’, छायांकार वीरेन्द्र भट्ट ‘नपार दोधारमा’, सम्पादक अमृत चापागाईं ‘म त मर्छु होला’, एरेञ्जर विशाल निरौला ‘किन मरिन म-२’, शृंगार विमला तामाङ ‘सकम्बरी’, अडियो मिक्सिङ मनोज परियारले ‘भीर माउरी’बाट अवार्ड चुम्नुभयो ।

त्यसैगरी उक्त समारोहमा भाषाभाषी विधातर्फ गायक सागर एस वाइबा ‘केप्पा योङ योङ’, भाषाभाषी गायिका कृष्णा सिराडी ‘बास घुघुती’, गायिका दीपा रोकाय ‘सालीभिना’, नव प्रतिभा गायन जुरि अवार्डबाट गायिका पशुपति खनालले ‘सँगै लैजा मलाई’बाट अवार्ड प्राप्त गर्नुभयो । यस्तै लाइभ दोहोरी गायकबाट छत्र शाहीले अवार्ड प्राप्त गर्दा पुनम तुल्स्यान ‘म तिम्रो यादमा’, सागर मैनाली ‘तिम्रो मायाले मेरो मायालाई’, रेशमकुमार विक ‘योमन’ र बद्री शाह ‘नेपाल भन्दामाथि कोही छैन’बाट जुरी अवार्ड प्राप्त गर्नुभएको थियो ।

देशकै सबैभन्दा ठूलो सुन्दर ताल राराको नामबाट आयोजना हुँदै आएको रारा म्युजिक अवार्डमा दार्चुलाको छलियादेखि डोटीको हुड्क्यौली र जुम्ला तथा मुगुका स्थानिय सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिनुका साथै श्रीयन्त्र एजुकेशन फाउण्डेशनको सामूहिक प्रस्तुति रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित