आर्सनलले प्रिमियर लिगमा शेफिल्ड युनाइटेडलाई ६-० को फराकिलो अन्तरले पराजित
आर्सनलले प्रिमियर लिगमा शेफिल्ड युनाइटेडलाई ६-० को फराकिलो अन्तरले पराजित
    • Bell Sanchar

    • २२ फाल्गुन २०८०, मंगलवार

 काठमाडौं ।

आर्सनलले प्रिमियर लिगमा शेफिल्ड युनाइटेडलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

शेफिल्डको मैदानमा भएको खेलमा एकपक्षीय जित निकाल्दै प्रिमियर लिगमा आर्सनलले लगातार सातौं खेल जितेको हो ।

अंक तालिकाको पूछारमा रहेको शेफिल्डविरुद्ध सुरुवाती १५ मिनेटमै ३ गोल गरेको आर्सनलले पहिलो हाफमा ५ गोल गरेको थियो ।

आर्सनलका लागि मार्टिन ओडेगार्डले पाँचौ मिनेटमै पहिलो गोल गरेका थिए । १३औं मिनेटमा शेफिल्डका  जयडेन बोग्लेले आत्मघाती गोल गरेपछि आर्सनले अग्रता दोब्बर बनायो ।

त्यसपछि गाब्रीएल मार्टिनेलीले १५औं, काई हाभार्टले २५औं र डेक्लान राइसले ३९औं मिनेटमा गोल गरे ।

पहिलो हाफमा गोलको वर्षा गरेको आर्सनलले दोस्रो हाफमा भने एक गोल मात्र थप्यो । ५८औं मिनेटमा बेन ह्वाइटले छैटौं गोल गरे ।

जितपछि आर्सनलले शीर्ष स्थानको लिभरपुल र दोस्रो स्थानको स्थानको म्यानचेष्टर सिटीलाई टक्कर दादै उपाधि होडमा आफूलाई कायम राखेको छ ।

आर्सनलको २७ खेलबाट ६१ अंक भएको छ । समान खेलबाट लिभरपुलको ६३ र सिटीको ६२ अंक छ ।

पराजित शेफिल्ड २७ खेलबाट १३ अंकसहित पूछारमा छ ।

साताकाे चर्चित
सम्बन्धित