अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हायात रिजेन्सीद्वारा अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हायात रिजेन्सीद्वारा अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना
    • Bell Sanchar

    • २५ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं ।

प्रतिष्ठित होटल हायात रिजेन्सीले नेपालका अग्रणी एवं सफल महिला व्यक्तित्वहरुलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अघिल्लो दिन ७ मार्चमा होटल परिसरमा अग्रणी महिला व्यक्तित्वहरुको अनुभव साटासाट, प्यानल छलफल र अन्तरक्रियात्मक सत्रसहित सम्मान कार्यक्रम गरेको हो ।

सो अवसरमा सम्मानित हुनेमा १९ वर्षको उमेरमा एसियाली खेलकुदको इतिहासमा पहिलो नेपाली रजत पदक विजेता कराते खेलाडी अरिका गुरुङ, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर एआईजीपी डा। आशा सिंह, नेपालकी प्रथम महिला सचिव वृन्दा हाडा ,नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती चटौत, अधिवक्ता तथा पूर्व निर्वाचन आयुक्त इला शर्मा र लायन्स क्लबकी प्रथम जिल्ला गभर्नर सुचित्रा थापा रहनुभएको छ।

हायात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले उहाहरुँलाई कदरपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा सम्मानित नारीहरुले महिलाले भोग्नुपरेका चुनौतीका बारेमा प्रकाश पार्नुहुदै महिला सशक्तीकरणको आवश्यकतामाथि जोड दिँनुभयो । त्यसो त सो अवसरमा उहाँहरुले आफ्ना अनुभव र धारणा राख्नुभएको थियो। कार्यक्रम माझ एआईजीपी डा। आशा सिंहले सामाजिक संस्कृतिले नेपाली महिलाहरूलाई अधिकारको प्रयोग गर्न बाधा पुऱ्याएको बताउनुभयो । त्यस्तै, नेपाल सरकारकी पूर्व सचिव वृन्दा हाडाले महिलाहरूलाई सम्पत्तिको अधिकार दिनुपर्नेमा जोड दिनुभयो।

अधिवक्ता तथा पूर्व निर्वाचन आयुक्त इला शर्माले लगनशीलताको महत्वमा जोड दिँदै महिलालाई अवरोधका बाबजुद पनि अगाडि बढ्न प्रोत्साहित गर्नुभयो। नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती आरती चटौतले सामाजिक र सांस्कृतिक बाधाले सामाजिक न्याय र आर्थिक अवसरमा महिलाको पहुँचलाई सीमित गरेको उल्लेख गर्नुभयो। एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी इरिका गुरुङले कराँतेमा उत्कृष्ट प्रदर्शन गरेर सामाजिक मूल्य मान्यतालाई चुनौती दिएकोमा गौरव व्यक्त गर्दै जुनसुकै क्षेत्रमा पनि नारीहरू उत्तिकै सक्षम रहेको बताउनुभयो ।

लायन्स क्लबकी प्रथम डिष्टिक गभर्नर सुचित्रा थापाले महिलालाई समान अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बरिष्ठ पत्रकारद्धय सरोज ओझा र नवराज चालिसे साथै हायात रिजेन्सीको रुम निर्देशक पूजा घोष, सेल्स तथा मार्केटिङ डाइरेक्टर अमित वालियाको उपस्थिति रहेको थियो भने लर्निङ एवं डेभलपमेन्ट म्यानेजर विलास खत्रीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा सामाजिक भेदभाव विरुद्ध आवाज उठाउने र महिला सशक्तिकरणको आवश्यकतामा जोड दिने प्रभावशाली महिला व्यक्तित्वहरूको नेतृत्वमा सौहार्दपूर्ण छलफल गरिएको थियो। महाप्रबन्धक आशिष कुमारले नेपालका सशक्त नारीहरुको अन्तरदृष्टिको प्रशंसा गर्दै उहाँहरुका विचारले सहभागीहरूलाई जीवनका सबै क्षेत्रमा उपलब्धी हासलि गर्न प्रेरित गर्ने बताउनुभयो। समारोह महिलाहरूको लागि सकारात्मक र सशक्तिकरण वातावरण सिर्जना गर्न समर्पित रहेको उहाँले बताउनुभयो। त्यसैगरि होटलले सिर्जना गरेको न्यानो र आमन्त्रित वातावरण, सेवा र उल्लेखनीय आतिथ्यताले कार्यक्रमलाई अविस्मरणीय बनाएको सहभागीहरुले बताउनुभयो।

हायात स्टाफको असाधारण व्यावसायिकता र उल्लेखनीय प्रयासले कार्यक्रमको सफलतामा योगदान पुर्याएको समेत उहाँहरुले स्पष्ट पार्नुभयो । कार्यक्रमको उद्देश्य जीवनका सबै क्षेत्रका महिलाहरूको उल्लेखनीय योगदान र लचिलोपनलाई सम्मान गर्ने रहेको हायातका लर्निङ एवं डेभलपमेन्ट म्यानेजर विलास खत्रीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय महिला दिवसमा हायात रिजेन्सीद्धारा आयोजित समारोह नेपालमा लैङ्गिक समानता र महिला सशक्तिकरणको प्रवर्द्धन गर्ने महत्वपूर्ण र प्रभावकारी कार्यक्रम हुनुमा होटल परिवार विश्वस्त रहेको खत्रीले बताउनुभयो।

साताकाे चर्चित
सम्बन्धित