नेकपा एमाले सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित
नेकपा एमाले सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित
    • Bell Sanchar

    • १२ चैत्र २०८०, सोमबार

सुर्खेत,

नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित हुनुभएको छ ।

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित हुनुभएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ ।

यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित हुनुभएको छ । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित