सिँजामा ५ दिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न
सिँजामा ५ दिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न
    • उमेश बुढा

    • १८ चैत्र २०८०, आईतवार

जुम्ला ।

स्थानिय श्रोत र साधनको पहिचान , स्थानिय उत्पादनमा हाम्रो शान भन्ने मूल नारासहित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

सिँजा गाउँपालिका उद्योग विकास शाखाको आयोजनामा वडा नम्बर १ , २ र ३ का कृषकलाई ५ दिने सिप विकास सम्बन्धि व्यवसायिक तरकारी खेती तालिम दिएको हो ।

सिँजा १ मा १० जना , २ मा ९ जना र ३ मा ९ जना कृषकलाई तालिम दिएको सिँजा गाउँपालिका उद्योग शाखा प्रमुख नर्मजङ्ग रोकायाले जानकारी दिनु भयो ।

आर्थिक वर्ष २०८० र ०८१ को बजेटले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सशस्त अनुदान अन्तर्गत उद्यम शिल्ता गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा ५ दिने सिप विकास सम्बन्धि व्यवसायिक तरकारी खेती तालिम चैत १४ गतेबाट सञ्चालन भएर १८ गते सकिएको रोकायाले बताए ।

व्यमौसमी तथा मौसमी तरकारी कसरी उत्पादन गर्ने भनेर हामीले ५ दिने तालिमबाट गोबी , काउली , टमाटर , प्याज , जुकेनी फर्सी , खुर्सानी काँक्रा र हरियो सागपात लगाउँदा कति दुरीको फरक लगाउने , कसरी कम लगानिले धेरै तरकारी उत्पादन गर्ने भनेर तालिम सिक्न पाउँदा खुसी भएको सुस्मा सार्कीले बताइन् ।

तालिम त सिक्यौ तर तरकारी उत्पादन गर्न विभिन्न सामाग्रीको आवश्यकता पर्ने भएकाले सम्बन्धि निकायालाई कृषकले गुनासो राख्नु भएको छ ।

सिँजा गाउँपालिका उपाध्यक्ष सितली रोकाया भन्नु हुन्छ , यो ५ दिने तालिम सिकेर विभिन्न तरकारीको बिउ उद्योग शाखा र कृषि शाखाले दिएको छ । यसलाई तालममा सिप सकेको अनुसार गाउँठाउँमा कृषकले तरकारी धेरै फलाएको देख्न पाउँ र किसानले उत्पादन गरेको तरकारी कृषकको बाडिमा कुइन र थन्किन दिदैनौ । यसलाई स्थानिय सरकारले जिम्मा लिन्छ ।

सो कार्यक्रमका सभापति वा वडा नम्बर ३ का वडा अध्यक्ष सुरत वहादुर रावतका अनुसार कृषकलाई तालिम दिएर गुणस्तरीय रुपमा तरकारी खेतीबाट कृषकको जिविका पार्जन गर्नको लागि तालिमको आयोजना गर्ने उद्योग विकास शाखा र परिक्षक बनेको कृषि शाखालाई धन्यवाद दिदै कार्यक्रम समापन रावतले गर्नु भयो ।

यसरी कृषकलाई तरकारी खेती लगायत अन्य कृषि सम्बन्धिका तालिम दिएर सिँजाका कृषकले धेरै मात्रामा उत्पादन गरि गरिब र धनिका भान्सामा खान पाउने उद्श्यले उत्पादन गर्नको लागि उद्योग शाखाले यसमा सके सम्मको कृषकलाई सहयोग गर्ने बताएको छ ।

गरिवी निवारणका लागि यो तालिमबाट सिकेको सिपले कृषकको जीवनमा ठुलो टेवा पुर्याउने छ । स्थानिय उत्पादनलाई सम्बन्धि निकायाले पनि जोड दिन आवश्यक देखिन्छ । नेपाल एक त कृषि प्रधान देश भएकाले पनि स्थानीय सरकारले अन्य क्षेत्रमा बजेट छुट्याइएको भन्दा कृषि क्षेत्रलाई प्राथमिकता दिन जरुरी देखिन्छ ।

साताकाे चर्चित
सम्बन्धित