मृतक गिरीका आफन्त र विद्युत प्राधिकरण बिच ६ बुदे सम्झौता
मृतक गिरीका आफन्त र विद्युत प्राधिकरण बिच ६ बुदे सम्झौता
    • उमेश बुढा

    • ३ बैशाख २०८१, सोमबार

 जुम्ला ।

मृतक नविना गिरीका आफन्त र नेपाल विद्युत प्राधिकरण जुम्ला बिच ६ बुँदामा सोमबार सम्झौता भएको छ ।

सिँजा गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल टेलिकमको टावरमा विद्युत जडान गर्न नेपाल विद्युत प्राधिकरणको लाईन विस्तार पछि २०८१ साल बैशाख २ गते दिउँसो १३ स् ०० बजे भएको दुर्घटनामा परी मृत्यु भएकी सिँजा गाउँपालिका वडा नम्बर ३ बस्ने श्री पुरीचन्द गिरीकी नातीनी नमराज गिरिकी छोरी १३ वर्षीया नविना गिरिको मृत्यु पछि सृजना भएको अवस्थालाई दुबै पक्षबिच सर्त पालना गर्ने गरी सहमति भएको छ ।

घाइते सोही वडाका २२ वर्षिया अविषेक गिरी रहेका छन् , उनको उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको आफन्त मदन गिरीले जानकारी दिनु भयो ।

मृतकलाई नेपाल विद्युत प्राधिकरणको बिनियमावली अनुसार अधितम श्रेतिपूर्तिको व्यवस्था गर्ने , घाइतेलाई नेपाल विद्युत प्राधिकरणको बिनियमावली अनुसार सबै उपचारको व्यवस्था गरिने , मृतक बालिकाको बुवालाई रोजगारीको व्यावस्था , पहल गरिने , आजैका मितिदेखि विद्युत लाइन सुधार गरि सूचारु गरिने , मृतकको लास पोष्ट माटमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लैजान र फिर्ता ल्याउने सव बाहनको व्यवस्था गरिने र मृतकका परिवारलाई नेपाल विद्युत प्राधिकरणको बिनियमावली अनुसार किरिया खर्च उपलब्ध गराइने दुबै पक्षबिच सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरणको तर्फबाट शैलेन्द्र लुहार वरिष्ठ साहयक प्रशासन प्रमुख जुम्ला , विष्णु वहादुर धराला फोरमेन र धनलाल बोहोरा इलेक्ट्रोसियन रहनु भएको छ । भने ,
सम्झैतामा पिडित पक्षबाट नमराज गिरी मृतकका वुवा , मदन गिरी पिडितका छोरा , नन्दराम गिरी मृतकका जेठावुवा र जय वहादुर शाही मृतकका जेठा बुवा रहेका छन्

सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धिताल , उपाध्यक्ष सितली रोकाया , वडा अध्यक्ष ३ का सुरथ रावत , वडा अध्यक्ष २ तिर्थ वड र इलाका प्रशासन कार्यालय नराकोटका विष्णु वहादुर महतको रोहवरमा दुबै पक्ष बिच ६ बुदे सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युतको तार जडान गर्ने क्रममा लाफर्वाही गरेको अध्यक्ष धितालले बताए । पिडित पक्षलाई क्षेतिपूर्ति प्राविधिकरणले दिने गरेर गाउँपालिका जनप्रतिनिधि रोहबरमा बसेका हौं । धितालले भने , पालिकाबाट किरिया खर्च २५ हजार पनि दिने छौ ।

सिँजा गाउँपालिकाको नराकोट बजादेखि वडा नम्बर ४ धल्थाप्लाम मा रहेको टेलिफोन सहितको फोरजी टावरमा राष्ट्रिय विद्युत जडान गरेको भोली पल्टको दिनमा बाख्रा चराउन गएकी बालिकालाई करेन्ट लागे पछि घटना स्थलमै मृत्यु भएको प्रहरी चौकी नराकोटका इन्चार्ज विष्णु श्रेष्ठले बताए ।

बालिकालाई बचाउन खोज्दा अर्को युवा पनि घाइते भएको र घटनाको वरपरको ठाउँको जङ्गलमा पनि तारबाट आगलागी भएको प्रहरी चौकी नराकोटले जनाएको छ ।

सोही वडा अध्यक्ष धनजित बुढाका अनुसार नेपाल विद्युत प्राधिकरणको लाफर्वाहीले गर्दा सल्ला रुखको हाँगाको बिचमा तार लिएर हाँगालाई तारको बिचमा राखी हावाहुरी चलेको बेला सल्लाको रुखबाट करेन्ट फिजिए पछि तार चुटिएर भुँइमा खसेको तारले गर्दा बालिकाको मृत्यु र युवा घाइते भएको हो ।

घटना घटेको स्थानमा जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा ४ र ५ घण्टा पछि मुचुल्का गर्न पुगेको थियो । तर प्रहरीलाई मुचुल्का गर्नमा मृतकका आफन्तले रोक लगाएका थिए । जबसम्म पिडितले न्याय पाउँदैन तबसम्म हामी लास बुझ्दैनौ भने पछि विवाद उत्पन्न भएको थियो ।

बैशाख ३ गते बिहान ८ बजे सिँजा गाउँपालिकामा पिडित पक्ष , जनप्रतिनिधि , प्रहरी , पत्रकार , स्थानीयवासी लगायतका मान्छे बसेर छलफल गर्दा पिडित पक्षलाई न्याए सहितको सम्झौता भए पछि , घटना स्थलमा प्रहरी मुचुल्का गर्न पुगेर दिउँसो २ बजे पोष्ट माटमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिएको छ ।

साताकाे चर्चित
सम्बन्धित