फेसियल हाउसको शाखा अब भरतपुर सिजि ल्याण्डमार्कमा
फेसियल हाउसको शाखा अब भरतपुर सिजि ल्याण्डमार्कमा
    • Bell Sanchar

    • ५ बैशाख २०८१, बुधबार

चितवन,

बरिष्ठ सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसले सेवा विस्तार गरेको छ । फेसियल हाउसको सातौ शाखा भरतपुरस्थित सिजि ल्याण्डमार्कमा खुलेको हो । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फेसियल हाउस चित्वनमा आयोजित समारोहमा शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै भरतपुरको समृद्वि यात्रामा फेसियल हाउस विस्तार उपयोगी हुने बताए ।

उनले स्मार्ट सिटि भरतपुर बनिरहदाँ सौर्यन्दसँग सम्बन्धित व्यवसायले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । हरियाली र सौर्यन्दय करण उन्मुख बनिरहेको भरतपुरमा फेसियल हाउसले राम्रो भूमिका खेल्ने बताए । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले सेवाग्राहीहरूले देशभर गुणस्तरीय सेवा खोज्न थालेपछि फेसियल हाउसको शाखा अन्य स्थानमा पनि क्रमशः विस्तार गरिने बताइन् ।

“सुन्दर देखिने चाहना सृष्टिको आदिकालदेखि नै सबैलाई रहँदै आएको पाइन्छ उनले भनिन्, समयको परिवर्तनसँगै यो चाहना महिला र पुरुष दुबैमा बढ्दै आएको छ ।” उनले आजको प्रतिष्पर्धात्मक समयमा व्यक्तिको बौद्धिक क्षमतासंगै उसको आवरणीय सुन्दरताको महत्व र आवश्यकतालाई निर्विवाद रुपमा प्राथमिकता दिन थालिएको बताईन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यवाद दिए ।

काठमाडौं मलको चौथो तलामा प्रमुख शाखा रहेको फेसियल हाउसले चावहिल केएल टावर, पोखरा, सुर्खेत, धनगढी र हाल चितवनमा पनि सेवा विस्तार गरेको छ । फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्रयाएको छ । फेसियल हाउसले हेयर, व्युटी र स्किन केयर संगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरु दिदै आएको छ । चितवनका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् । फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५ जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने सक्नेछ । फेसियल हाउसले ब्यूटीसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिँदै आएको छ ।

अन्य शाखाबाट पाउने जस्तै सम्पूर्ण सेवा भरतपुर शाखाबाट त्यस क्षेत्रका सेवाग्राहीले प्राप्त गर्नेछन् । फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरु प्रयोग गर्ने फेसियल हाउसले चायापोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको महराले जानकारी दिइन् । ‘सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् । नेपालको नम्बर वान व्युटिसैलुनको अवार्ड पाइसकेको फेसियल हाउस स्थापनाको १६ वर्ष पुरा भइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरेकी छन् । ‘फेसियल हाउसको नामको अगाडि वा पछाडि नाम जोडेर कपी गर्ने क्रम पनि बढेको छ,’ उनले भनिन्, ‘फेसियल हाउस मात्रै लेखेको मात्रै हेर्नुहोस् । जहाँ मेरो (सुस्मा महरा) फोटो समेत देख्न सकिन्छ ।

’ आप्mना ग्राहकहरुको स्वास्थ्यलाई विशेष ख्याल गर्दै फेसियल हाउसमा प्रयोग हुने सबै औजारहरु पूर्ण रुपमा निर्मलीकरण गर्नुका साथै ब्यक्तिको छाला तथा कपालहरु परीक्षण गरेपश्चात मात्र कस्मेटीकको प्रयोग गर्ने गरिन्छ । फेसियल हाउसले कस्टमर केयरको लागि छुट्टै डेस्कको व्यवस्था गरेको छ । नेपालीहरुको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेशिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरुसंग सहकार्य गरेर हर्वल व्युटी, हेयर कस्मेटीक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिदै आएको छ । केही समयभित्र नै नेपालमा नै हर्वल कस्मेटीक उत्पादन गर्ने लक्ष्य पनि फेसियल हाउसले लिएको छ ।

सौन्दर्य सम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटीक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस ईन्टरटेन्मेन्टबाट पनि आफुलाई बिस्तारित र बहुआयामिक योजनाको धनी बनाएको छ । को हुन् सुस्मा महरा ? फेसियल हाउसलाई कुशल नेतृत्व प्रदान गर्दै त्यसलाई ग्राहकहरु माझ आवश्यकता अनुसार परिमार्जन र परिस्कृत गर्न दक्ष र सक्षम ब्यक्ति हुन् फेसियल हाउसकी संचालिका सुष्मा महरा । उनको सोच र निर्देशनमा अघि बढिरहेको दक्ष सहयात्रीहरुको मेहनतबाट फेसियल हाउस नेपाली परिवेशमा सौन्दर्य सम्बन्धी सेवा दिने संस्थाहरुमा आप्mनो विशेष पहिचान बनाउन सफल हुँदै आफ्नो स्थापना कालको १६ औ वर्षको दौडमा रहँदै गर्दा देशमै अग्रस्थान हासिल गर्न सफल भएको छ । सौन्दर्य पेशासंग मुलुकभर हजारौं महिला पुरुष संलंग्न रहेका छन् ।

यही पेशालाई व्यवसायको रुपमा अंगालेर सफलता हासिल गरी आप्mनो अलग पहिचान बनाउने सीमित व्यक्तिहरुमध्येको पनि एक नाम हो सुस्मा महरा । महराले वि.स. २०५५ सालबाट सौन्दर्य पेशा अंगाल्दै महिलाहरु व्यावसायिक रुपमा आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै फेसियल हाउसको जन्म भएको हो । त्यसबेला नेपाली समाजमा घर परिवारमा निकै ठूलो चुनौती थियो पार्लर व्यवसाय गर्न ।

भने व्यवसायिक यात्रा भने २०६४ सालदेखि ६ जना रोजगारी प्रदान गर्दै सुरु भएको थियो । यो चुनौतीको सामना गर्दै काठमाडौ मलको चौथो तल्लामा फेसियल हाउसको शुभारम्भ भएको हो । सुस्मा महराले व्युटीसियन पेशा अंगालेको २६ बर्ष भएको छ । यहाँसम्म आइपुग्दा फेसियल हाउस काठमाण्डौ उपत्यकाभित्रको मात्र नभई नेपालकै उत्कृष्ट लेडिज एण्ड जेन्स शैलुन बन्न पुगेको छ । १ सय ८० भन्दा बढी व्युटीसियनलाई फेसियल हाउसले रोजगारी प्रदान गरेको छ । नेपालमा अझै पनि व्युटीसियन पेशालाई मर्यादित र सम्मानित पेशा बनाउनु निकै चुनौतीपुर्ण रहेको उनी बताउछिन् ।

साताकाे चर्चित
सम्बन्धित