इलाम २ मा एमाले उम्मेदवार ४५२३ मतले अगाडि
इलाम २ मा एमाले उम्मेदवार ४५२३ मतले अगाडि
    • Bell Sanchar

    • १७ बैशाख २०८१, सोमबार

काठमाडौं ।

इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् ।

३० हजार ५६३ मत गणना हुँदा नेम्बाङले १२,४०५ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७,८८२ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७,७६९ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १६३६ मत ल्याएका छन् ।

साताकाे चर्चित
सम्बन्धित