कमल भक्तको निर्देशनमा प्रेम र परदेशको पीडा : ‘बाज’ गीतको भिडिओ सार्वजनिक”
कमल भक्तको निर्देशनमा प्रेम र परदेशको पीडा : ‘बाज’ गीतको भिडिओ सार्वजनिक”
    • बेल संचार

    • ७ माघ २०८१, सोमबार

काठमाडौँ  ।

नयाँ गीत बाज सार्वजनिक गरिएको छ, जसमा गायक राजु अर्याल र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा शब्द बसन्त बिश्वकर्माको र संगीत कृष्ण बाजुरालीको रहेको छ। अडियो मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन्।

गीतको भिडिओमा कमल भक्त र वर्षा भण्डाराको प्रेमकथालाई चित्रित गरिएको छ। गाउँको परिवेशमा हुर्किएका एक युवकले आफ्नो प्रेमलाई छोडेर परदेश जानुपर्दाको पीडा भिडिओमा देखाइएको छ। भिडिओमा दिलिप सिंह, प्रज्जवल अधिकारी र प्रेम भण्डाराको पनि अभिनय देख्न सकिन्छ। भिडिओको कथा र निर्देशन पनि कमल भक्तकै रहेको छ।

कमल भक्त नेपाली गीतसंगीतको क्षेत्रमा पाँच वर्षदेखि निरन्तर सक्रिय छन्। उनले चलचित्रमा साइड डान्सरको रूपमा काम गर्दै म्युजिक भिडिओ निर्देशनमा पनि हात हालेका छन्। उनले अहिलेसम्म झण्डै तीन सय बढी म्युजिक भिडिओमा साइड डान्सरको रूपमा काम गरेका छन् भने, आफ्नो अभिनय र निर्देशनमा दर्जनौं भिडिओ पनि बनाएका छन्।

“काम गर्ने क्रममा अनुभव प्राप्त गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो। सुरुवाती दिनहरूमा मैले अग्रज व्यक्तिहरूसँग काम गर्ने अवसर पाएँ। कोरियोग्राफर रामजी लामिछाने मेरो गुरु हुनुहुन्छ। उहाँको बाटो पछ्याउँदै आज म यो स्थानमा आएको हुँ,” भक्तले आर्टिस्ट खबरसँग कुराकानी गर्दै भने। “अहिलेको भिडिओमा पनि हामीले मिहिनत गरेका छौं, र म विश्वास गर्छु कि दर्शकहरूले यसलाई माया गर्नुहुनेछ।”

भिडिओ कमल भक्त युट्युव च्यानलमा शनिबार अपलोड गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित