प्रधानमन्त्री ओली पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुँदै
प्रधानमन्त्री ओली पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुँदै
    • बेल संचार

    • ८ फाल्गुन २०८१, बिहीबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पोखरा जाँदै छन्। उनी पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा भाग लिन गइरहेका हुन्।

प्रधानमन्त्री ओली पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका छन्। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दीक्षान्त समारोह बिहान ११ बजे पोखरा महानगरपालिका–३०, ढुंगेपाटनस्थित स्थलमा आयोजना हुने कार्यक्रम तय गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित