मह जोडीको स्पष्टिकरण : “हामीले कुनै धर्मको विरोध गरेका छैनौँ”
मह जोडीको स्पष्टिकरण : “हामीले कुनै धर्मको विरोध गरेका छैनौँ”
    • बेल संचार

    • ८ फाल्गुन २०८१, बिहीबार

काठमाडौँ ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको बताएका छन्।

आज एक भिडियो सन्देश जारी गर्दै “यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको” भन्ने भ्रामक प्रचारप्रति दुःख व्यक्त गर्दै, उनीहरूले यस्तो अनर्गल हल्लामा नपर्न सबैलाई आग्रह गरेका छन्।

हरिवंश आचार्यले आफूहरू अहिले चलचित्रमा व्यस्त रहेको उल्लेख गर्दै, “भ्रम छरेर दुःख दिने काम भइरहेको” गुनासो गरे। साथै, उनले आफूहरूले गरेका सबै काम युट्युबमा हेर्न सकिने बताउँदै, “सत्य बुझ्न सामग्री हेर्नुहोस्, नकि लान्छना लगाउनुहोस्” भन्ने आग्रह गरे।

साताकाे चर्चित
सम्बन्धित