केबलकार खारेजी आन्दोलनले उग्र रूप लिँदा ताप्लेजुङमा यातायात ठप्प
केबलकार खारेजी आन्दोलनले उग्र रूप लिँदा ताप्लेजुङमा यातायात ठप्प
    • बेल संचार

    • ९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौँ ।

 ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले बिहीबार भएको हिंसात्मक घटनापछि आजदेखि जिल्लाभर सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ।

बिहीबार पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको खारेजी पक्षले गरिरहेको आन्दोलनको क्रममा स्वास्थ्यकर्मी लिएर काफ्लेपाटीतर्फ गइरहेको मे १ ज २५७९ नम्बरको सवारी साधनमाथि आक्रमण गरेको थियो। आक्रमणकारीहरूले सवारी साधनलाई नियन्त्रणमा लिएर तोडफोड गर्नुका साथै चालक राजकुमार पौडेललाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए।

सवारी चालक मजदुर संघले घटनाको निन्दा गर्दै अपराधीहरूलाई तत्काल कानुनी कारबाहीको माग गरेको छ।

यातायात व्यवसायीहरूले सरकारलाई २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर महँगो ऋणमा सवारी साधन खरिद गरी चलाइरहेको अवस्थामा ज्यान मार्ने उद्देश्यले आक्रमण हुनु अमानवीय रहेको भन्दै ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले दोषीहरूलाई कानुनी कारबाहीको माग अघि सारेको छ।

संघले जारी गरेको विज्ञप्तिअनुसार, आजदेखि मेची राजमार्ग, तमोर करिडोर, धरान-वसन्तपुर-गुफा सडक हुँदै ताप्लेजुङ प्रवेश गर्ने सम्पूर्ण मार्ग तथा जिल्लाका शाखा सडकहरूमा सार्वजनिक यातायात ठप्प गरिने बताइएको छ।

480403516_1318589276048988_8077242328113528425_n

साताकाे चर्चित
सम्बन्धित