काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्न लागेका छन्।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार, ओलीले दिउँसो १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
यसअघि, प्रधानमन्त्री ओलीले लुम्बिनी र कर्णाली प्रदेशसभाको बैठकमा पनि विशेष सम्बोधन गरेका थिए।