नेकका शिक्षक कर्मचारीको क्षमता अभिबृद्धि गर्न दुई दिने प्रशिक्षण
नेकका शिक्षक कर्मचारीको क्षमता अभिबृद्धि गर्न दुई दिने प्रशिक्षण
    • बेल संचार

    • २९ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।

चाँगुनारायण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा कर्मचारीहरुलाई दुई दिने क्षमता अभिबृद्धि प्रशिक्षण दिएको छ । ललितपुरको स्टाफ कलेजमा सञ्चालित तालिममा सहभागीहरुलाई नेतृत्व विकास, शिक्षाशास्त्र, सुचनासञ्चार र सीप विकासका विषयहरुको प्रशिक्षण दिइएको हो ।

आइतबारदेखि भएको प्रशिक्षणमा विके रमन भट्टराई, डा. नरेन्द्रविक्रम राज पनेरु, मानसी अग्रवाल, प्रा.डा. बालमुकुन्द भट्टराईले सहभागीहरुलाई विषयगत विषयहरुमा प्रशिक्षण दिनु भएको थियो ।
शिक्षक तथा कर्मचारीहरुले प्रशिक्षणबाट विद्यार्थीलाई कसरी अध्ययनमा रुचि जगाउने, विद्यार्थीहरुका जिज्ञासा र पाठ्यक्रमका विषयवस्तु प्रभावकारी रुपमा कसरी बुझाउने लगायतको बारे जानकारी पाइएको बताए ।

उनीहरुले नेतृत्व विकास, सीप विकास र व्यक्तित्व विकासका यस्ता प्रशिक्षणहरुले कलेजको शैक्षिक, प्रशासनिक गुणस्तरीयता कायम गर्न पनि सहयोग पुग्ने बताए ।
कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले नेतृत्व क्षमता विकास तालिमले शिक्षक तथा कर्मचारीहरुको व्यक्तित्व विकास, क्षमता विकासमा टेवा पुग्ने बताउनु भयो ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले शिक्षक, कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न तालिम तथा प्रशिक्षणहरु दिँदै आएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुको अध्ययन अध्यापन हुने गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित