नेपाल उद्योग वाणिज्य महासंघद्वारा फागु पूर्णिमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
नेपाल उद्योग वाणिज्य महासंघद्वारा फागु पूर्णिमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    • बेल संचार

    • २९ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।

 नेपाल उद्योग वाणिज्य महासंघले फागु पूर्णिमा (होली) पर्वको अवसरमा महासंघ सचिवालय, टेकु, काठमाडौंमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले फागु पर्व आपसी मेलमिलाप र सद्भावनाको प्रतीक रहेको उल्लेख गर्दै नेपालका विविध चाडपर्वहरूले आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएकाले यहाँका चाडपर्वहरूले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने बताए।

महासंघ खेलकुद तथा मनोरञ्जन फोरमका सभापति हरिबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघ एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, निर्यात प्रवद्र्धन समिति सभापति नरेशलाल श्रेष्ठ, स्थल यातायात तथा पारवहन समिति सभापति शिवप्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले चाडपर्वहरूले सामाजिक सम्बन्ध मजबुत बनाउने मात्र नभई, पर्यटन तथा व्यापार प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा राखेका थिए।

साताकाे चर्चित
सम्बन्धित