काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती हुने
काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती हुने
    • बेल संचार

    • १ चैत्र २०८१, शनिबार

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा मर्मत सम्भार तथा पूर्वाधार सुधारका लागि विद्युत् कटौती हुने जानकारी गराएको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बलम्बु, जोरपाटी, साँखु लगायतका वितरण केन्द्र मातहतका स्थानहरूमा विद्युत् सेवा अवरुद्ध रहने जनाएको छ।

बलम्बु वितरण केन्द्र

बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडर को विद्युत् सेवा बिहान ११ बजेबाट दिउँसो ४ बजेसम्म बन्द रहनेछ। कन्डक्टर अपग्रेडिङ कार्यका लागि फिडर सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

त्यसैगरी, सतुङ्गल फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका स्थानहरूमा पनि बिहान ११ बजेबाट दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध रहनेछ।

जोरपाटी वितरण केन्द्र

डाँछी फिडर अन्तर्गत पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेबाट दिउँसो १ बजेसम्म लाइन काटिनेछ। मुलपानी पिपलबोट क्षेत्रमा तार तान्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गरिनेछ।

मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रमा पनि बिहान १० बजेबाट दिउँसो १ बजेसम्म विद्युत् कटौती हुने जनाएको छ।

साँखु फिडर

साँखु फिडरअन्तर्गत नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङपौवा, नाङ्लेभारे, गागल, गागलफेदी, मुलपानी पिपलबोट लगायतका क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध रहनेछ।

प्राधिकरणले तोकिएको मर्मत कार्य निर्धारित समय अगावै पूरा भएमा विद्युत् सेवा समयभन्दा अगावै सञ्चालनमा आउने जानकारी दिएको छ।

साताकाे चर्चित
सम्बन्धित