धनगढी ।
नगढी उपमहानगरपालिका-६ मटियारीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ३६ वर्षीया मिना खड्काको घरमा ग्यास सिलिन्डर जडान गर्ने क्रममा विष्फोट भएको हो। घटनामा खड्कासँगै स्थानीय ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका छन्।
जोशीको पसलबाट ग्यास लिएकी खड्काले सिलिन्डर जडानका लागि जोशीलाई घरमा बोलाएकी थिइन्। सिलिन्डर जडान गर्ने क्रममा एक्कासी विस्फोट भएको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि निसर्ग अस्पताल लगिएको छ। हाल उनीहरूको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।