स्ट्रबेरीखेतीबाट सफल किसान दशरथ साउद
स्ट्रबेरीखेतीबाट सफल किसान दशरथ साउद
    • बेल संचार

    • २ चैत्र २०८१, आईतवार

दाङ ।

कैलालीका किसान दशरथ साउदले पढाइ र व्यवसायलाई सफलतापूर्वक मिलाएर घोराहीमा स्ट्रबेरीखेती फस्टाएका छन्। कृषि प्राविधिक साउदले घोराही उपमहानगरपालिका–15, भरतपुरमा १५ कट्ठा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गरेका छन्। कपिलवस्तुका भाष्कर पङ्गेनीले उनलाई व्यवसायमा साथ दिएका छन्।

साउदले स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष आफैं हेर्छन्। तीन वर्षअघि यो व्यवसायमा होमिएका २६ वर्षीय साउदले गत वर्ष मात्रै रु १८ लाख बराबरको स्ट्रबेरी कारोबार गरेको बताए। उनले भने, “गत वर्ष रु ११ लाख त बचत नै भयो। अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ।” उनका अनुसार यस वर्ष हालसम्म रु चार लाखभन्दा बढी स्ट्रबेरी बिक्री भइसकेको छ।

साउदले स्ट्रबेरी प्रतिकिलो खुद्रामा रु सात सय र थोकमा रु पाँच सयमा बिक्री भइरहेको बताए। उनले स्ट्रबेरी दाङसहित बुटवल, नेपालगञ्ज र धनगढीलगायतका ठाउँमा पठाउने गरेका छन्।

परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको बताउने साउदले घोराहीमा मात्र होइन, कपिलवस्तुमा १२ कट्ठा र कैलालीमा १० कट्ठामा पनि व्यावसायिक रुपमा स्ट्रबेरीखेती गर्दै आएका छन्।

साउदका अनुसार स्ट्रबेरी स्वादिलो र पौष्टिक भएकाले बजारमा माग उच्च छ। उनले भने, “सुरुमा बिरुवा ल्याउँदा, सिँचाइलगायतमा रु सात लाख बढी खर्च भएको थियो। भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिइरहेको छ, र बजारका लागि कुनै समस्या छैन।” उनका अनुसार कूल उत्पादनको ४० प्रतिशत दाङमै बिक्री भइरहेको छ।

सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै उद्यम विकास तथा महिला सशक्तीकरणलाई प्रोत्साहन गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रको विकासका साथै सुशासन प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “हामी अघि बढ्नुपर्छ, पछाडि फर्कनु हुँदैन। लोकतन्त्र हाम्रो राजमार्ग हो।”

प्रधानमन्त्री ओलीले कानुनहरू विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझावहरू अध्ययन गरी सरकारका नीति, व्यवहार र कानुनलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको सहकार्यमा औद्योगिकीकरण प्रवद्र्धनलाई वर्तमान सरकारले प्राथमिकता दिएको बताए।

 

साताकाे चर्चित
सम्बन्धित