काठमाडौं ।
दक्षिण अमेरिकामा आएको विनाशकारी आँधीका कारण कम्तीमा ३४ जनाको ज्यान गएको छ। तीमध्ये मिसौरीमा १२ जनाको मृत्यु भएको छ भने क्यान्ससमा आठ जनाले ज्यान गुमाएका छन्।
बीबीसीका अनुसार खतरनाक आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ। आँधीका कारण कैयौं गाडीहरू पल्टिएका छन् र धेरै घरहरू क्षतिग्रस्त भएका छन्।
सरकारी अधिकारीहरूका अनुसार शनिबार दिउँसोसम्म सात राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।
मिसिगन, मिजौरी र इलिनोइस सबैभन्दा बढी प्रभावित भएका राज्यहरू हुन्। अधिकारीहरूले क्षतिको मूल्याङ्कन गर्दै उद्धार तथा राहत कार्य तीव्र बनाएका छन्।