प्रधानमन्त्री ओली : योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्छौं
प्रधानमन्त्री ओली : योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्छौं
    • बेल संचार

    • २ चैत्र २०८१, आईतवार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लागि पर्ने बताएका छन्।

आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला नेतृत्व शिखर सम्मेलन’लाई सम्बोधन गर्दै उनले योजनासहित सक्रियता र धैर्यतापूर्वक अघि बढिरहेको दाबी गरेका हुन्।

‘हामी योजनाहिन होइन, योजनावद्ध सक्रियतामा अघि बढ्छौँ। निराशामा होइन, आशावादीताकासाथ अघि बढ्छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘जबसम्म परिस्थिति ठीक हुँदैन, तबसम्म हामी योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ।’

उनले आशावादीताका साथ योजनाबद्ध ढंगले अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गरे।

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्यका लागि संकल्पका साथ अघि बढिरहेको बताए। उनले नेपालमा झुटको खेती धेरै हुने गरेको उल्लेख गर्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको धारणा राखे।

उनले लोकतन्त्रलाई राजमार्गसँग तुलना गर्दै निरन्तर अघि बढ्नुपर्ने बताए। ‘डेमोक्रेसी भनेको हाइवे हो। हाइवेमा ब्याक गेयर लगाइँदैन। लोकतन्त्रमा पछाडि फर्कने कुरा हुँदैन,’ उनले भने।

 

साताकाे चर्चित
सम्बन्धित