काठमाडौँ । ‘
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१” माथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल सुरु भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि सैद्धान्तिक छलफल सुरु भएको हो।
यस विधेयकको उद्देश्य वित्तीय उत्तरदायित्वमा सुधार ल्याउने र नेपालको आर्थिक स्थितिमा सकारात्मक परिवर्तन ल्याउने रहेको छ। प्रतिनिधिसभामा यसका विभिन्न पक्षहरूको छलफल भइरहेको छ।