काठमाडौँ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानुन बनाउन खोजिएको बताएका छन्। आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पूर्वविशिष्टको सुविधा बढाउनका लागि नभई घटाउने गरी कानुन बनाउन खोजिएको बताएका हुन्।
पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन खोजिएको विषयमा कुनै सत्यता नरहेको उनले बताए। उनले स्पष्ट पारे कि पूर्वविशिष्टहरूको सुविधालाई घटाउने गरी कानुन अघि बढाउने प्रयास भइरहेको छ।
प्रवक्ता महतले मुलुकमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा राजसंस्था पुनर्स्थापित गराएर जनताले जोखिम लिन नसक्ने धारणा राखे।