शेयर बजारमा आइतबार ठूलो अंकको गिरावट आएको छ। नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा कायम भएको छ।
३१ कम्पनीको शेयर मूल्य बढ्दा २०७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ६ कम्पनीमा कुनै परिवर्तन भएको छैन।
सामुदायिक लघुवित्तका लगानीकर्ताले आइतबार सबैभन्दा बढी कमाइ गरेका छन्, जबकि ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ।
समूहगत रूपमा ट्रेडिङबाहेक सबै समूह घटेका छन्, जसमा विकास बैंक (२.२५ प्रतिशत) ले सबैभन्दा बढी गिरावटमा योगदान दिएको छ।