नेपाल बैंक र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.बीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई उपचारमा विशेष छुट
नेपाल बैंक र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.बीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई उपचारमा विशेष छुट
    • बेल संचार

    • २ चैत्र २०८१, आईतवार

काठमाडौं,

नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूलाई उपचार सेवामा विशेष छुट प्रदान गर्न नेपाल बैंक लिमिटेड र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.बीच सम्झौता भएको छ।

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी तथा खातावालाहरूलाई वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.का विभिन्न अस्पताल र क्लिनिकहरूमा उपचार गर्दा छुट प्रदान गर्ने उद्देश्यसहित सम्झौतामा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार, बैंकका कर्मचारी तथा ग्राहकहरूले प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। साथै, आई. भि. एफ. प्याकेजमा बैंकका कर्मचारीहरूलाई रु. १५,००० र ग्राहकहरूलाई रु. १०,००० छुट उपलब्ध हुनेछ।

सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.को तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक श्री नविन विष्टले हस्ताक्षर गर्नुभएको हो।

सम्झौता कार्यान्वयनपछि नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले काठमाडौंको नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा, र बुटवलमा अवस्थित वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.का अस्पताल तथा क्लिनिकहरूबाट उच्च स्तरीय उपचार सेवा विशेष छुटसहित प्राप्त गर्न सक्नेछन्।

साताकाे चर्चित
सम्बन्धित