प्रतिनिधिसभा बैठक आज पनि बस्दै
प्रतिनिधिसभा बैठक आज पनि बस्दै
    • बेल संचार

    • ३ चैत्र २०८१, सोमबार

काठमाडौं ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गरिनेछ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसअघि, आइतबार बसेको बैठकमा सरकारले ल्याएका विभिन्न पाँच वटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकहरू बहुमतले स्वीकृत भएका थिए।

साताकाे चर्चित
सम्बन्धित