जाजरकोटमा बाख्रा चराउने क्रममा लडेर एकजनाको मृत्यु
जाजरकोटमा बाख्रा चराउने क्रममा लडेर एकजनाको मृत्यु
    • बेल संचार

    • ६ चैत्र २०८१, बुधबार

 जाजरकोट।

 जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ।

मंगलबार घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा उनी लडेर गम्भीर घाइते भएका थिए।

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा लैजाने क्रममा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित