गाजामा इजरायली स्थलगत कारबाही तीव्र, दुई दिनमा ४३० भन्दा बढीको मृत्यु
गाजामा इजरायली स्थलगत कारबाही तीव्र, दुई दिनमा ४३० भन्दा बढीको मृत्यु
    • बेल संचार

    • ६ चैत्र २०८१, बिहीबार

इजरायलले गाजा क्षेत्रमा आफ्नो स्थलगत कारबाही तीव्र पारेको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले गाजा पट्टीलाई उत्तर र पश्चिममा विभाजन गर्ने नेत्जारिम कोरिडोरमा आफ्नो सेना पुगेको जनाएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई दिनमा इजरायली आक्रमणमा ४३० जनाभन्दा बढीको ज्यान गएको छ। गाजामा भएका नयाँ आक्रमणहरूले इजरायल र हमासबीच जनवरीदेखि कायम रहेको युद्धविराम सम्झौता औपचारिक रूपमा अन्त्य भएको सङ्केत गर्छ।

यसअघि, संयुक्त राष्ट्रसंघले देइर अल–बालाहस्थित आफ्नो परिसरमा भएको विस्फोटमा संयुक्त राष्ट्रसंघका एक कर्मचारीसहित दुई जनाको मृत्यु भएको बताएको थियो।

इजरायलले भने उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्तामार्फत यस विषयमा अनुसन्धान सुरु गरिने जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित