प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै
    • बेल संचार

    • ६ चैत्र २०८१, बिहीबार

काठमाडौँ ।

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन लागेको हो।

प्रतिनिधि सभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ।

यस क्रममा सांसदहरूले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्न गर्नेछन् भने प्रधानमन्त्रीले ती प्रश्नको जवाफ दिनेछन्।

साताकाे चर्चित
सम्बन्धित