काठमाडौँ ।
वसन्तपुर डबलीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइएको छ। २०७२ सालको भूकम्पपछि बाहिरी तथा भित्री गाह्रो चर्किएर ढल्किएको उक्त भवनलाई थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको थियो।
२०७९ फागुन ११ मा बसेको काठमाडौं महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा समिति गठन गरी सो जीर्ण भवन भत्काउन सिफारिस गरेको थियो।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम रहेको सो भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो।
जीर्ण अवस्थामा रहेको सो भवन भत्किएर सम्भावित क्षति हुन सक्ने भन्दै भत्काउने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।