डीएसपीबाट एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
डीएसपीबाट एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
    • बेल संचार

    • ७ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका दुई अधिकृतलाई प्रहरी दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

एसपीमा बढुवा भएका रविन कार्की र ज्ञानेन्द्र बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र अतिरिक्त महानिरीक्षक सुदीप गिरीले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

यसअघि उनीहरु दुबै जना सिनियर हुँदाहुँदै बढुवामा छुटेका थिए।

साताकाे चर्चित
सम्बन्धित