जुम्ला
द्वितीय विश्व युद्ध समाप्त भएपछि अमेरिका र रूस विश्वका महाशक्ति राष्ट्र बन्न सफल भए। युद्धको समयमा प्रमुख शत्रु राष्ट्र जापान अमेरिकी उपनिवेश बन्यो भने, जर्मनीलाई रूस र अमेरिकाले भाग लगाएर पूर्वी जर्मनी र पश्चिमी जर्मनी बनाए। त्यसपछि अमेरिका र रूसबीच शक्ति वृद्धि गर्ने होड बढ्न थाल्यो। संयुक्त राष्ट्रसंघका निकायमा अमेरिकी प्रभाव विस्तार हुँदै गयो, जसका कारण संयुक्त राष्ट्रसंघलाई अमेरिकी गृह मन्त्रालयको शाखा जस्तै आरोप लगाइयो।
यही क्रममा अमेरिका र रूसको शक्ति विस्तार गर्ने प्रतिस्पर्धाबाट नै बर्लिनको पर्खाल ढल्यो। युरोप अमेरिकाको गठबन्धनमा गयो, र रूसको विस्तार रोक्न नेटो गठन गरियो, जसले रूसको प्रभाव विस्तारलाई अवरोध गर्यो। यसरी अमेरिका आफ्नो शासन मोडेल अन्य राष्ट्रहरूमा लाद्दै गयो, अर्थतन्त्रलाई डलरमार्फत नियन्त्रण गर्न थाल्यो, र विश्वका ४० राष्ट्रका ९०० भन्दा बढी स्थानमा आफ्ना सैनिक अखडा स्थापना गर्दै सामरिक नियन्त्रण गर्न सफल भयो।
यसरी अमेरिका महाशक्ति बन्दै गएको बेला १९९१ मा रूस १५ राज्यमा विभाजित भइसकेपछि अमेरिकाले आफ्नो एकल ध्रुवीय नीति लागू गर्यो। त्यसपछि उसले अन्य राष्ट्रहरूको धर्म, संस्कृति, र सभ्यता मेट्दै आफ्नो प्रभाव विस्तार गर्ने रणनीति अघि बढायो। यस रणनीतिको मुख्य उद्देश्य विश्वको मौलिक भाषा, धर्म, संस्कृति, र पहिचानलाई साम्राज्यवादको अधीनस्थ बनाउनु थियो।
विशेष गरी नेपाल र यसको वरपर क्षेत्रलाई प्राथमिकतामा राखेको पाइन्छ। किनभने सनातन धर्म र मानव जातिको उत्पत्तिस्थल नेपाल तथा यसको वरपर नै रहेको छ।
अंग्रेजी भाषा संस्कृत भाषाबाट उत्पत्ति भएको भाषाविद्हरूको भनाइ छ। आर्य समाजबाट पश्चिमतर्फ बसाइ सरेका आर्यहरूको भाषा संस्कृतबाट विकसित भएको देखिन्छ। भाषागत रूपमा हेर्दा केही शब्दहरू यस्ता छन्, जसले भाषा सम्बन्ध पुष्टि गर्छन्—
मनुष्य → मेन
सुनु → सन
मातर → मदर
हस्त → ह्याण्ड
पितर → फादर
भ्रातर → ब्रदर
यस्तै, शारीरिक विशेषताहरूमा पनि नाक लामो, आँखा ठूलो हुने लक्षणहरू मेल खान्छन्।
दर्शनशास्त्र पनि आर्यहरूको नै पहिलो रहेको देखिन्छ, जसले पश्चिमी मुलुकहरूमा प्रभाव पारेको छ। उदाहरणका लागि—
१. पश्चिमी पहिलो दार्शनिक युनानी थेल्स (६२४–५३४ ई.पू.) ले चार तत्वहरूमध्ये पानीलाई मुख्य तत्व मानेका थिए, जुन ब्रह्मवादी विचारबाट प्रेरित देखिन्छ।
२. अनिक्सम्यान्डर (६११–५४६ ई.पू.) ले पनि आगो, पानी, हावा, र माटोलाई चार तत्व मानेका छन्, जुन ब्रह्मवादी चिन्तनसँग मिल्छ।
३. पिथागोरस (५८२–४६३ ई.पू.) को पुनर्जन्म, ज्योतिष, गणित, र ज्यामितीसम्बन्धी धारणा पनि आर्य समाजबाट प्रभावित देखिन्छ।
४. कोरेश (५५०–५२६ ई.पू.) ले समेत तत्ववादी धारणा राखेकाले ब्रह्मवादी विचारबाट प्रेरित देखिन्छ।
५. जेनोफेन्स (५७३–४८० ई.पू.) ले ईश्वरको परिकल्पना गरेका कारण आर्य चिन्तनबाट प्रभावित देखिन्छन्।
६. परमेनिदेस (५४० ई.पू.) को “न सत, न असत” भन्ने विचार गीता-सिद्धान्तबाट आएको देखिन्छ।
७. हेराक्लिटस (५३५–४७५ ई.पू.) को परिवर्तनवाद बुद्ध विचारधाराबाट प्रेरित देखिन्छ।
८. एम्पेडोकल्स (४६५–४३५ ई.पू.) ले जल, वायु, पृथ्वी, र अग्निलाई तत्व मानेका छन्, जुन ब्रह्मवादी दर्शनमा आधारित छ।
९. सुक्रात (४६६–३९९ ई.पू.) को विचारले गीता दर्शनलाई समर्थन गर्छ।
१०. प्लेटो (४२७–३४७ ई.पू.) को विचार वैशेषिक दर्शनमा आधारित छ।
११. अरस्तु (३८४–३२२ ई.पू.) को दर्शन कार्य र कारणमा केन्द्रित छ, जुन सांख्य दर्शनसँग मेल खान्छ।
यसरी हेर्दा दर्शनशास्त्रमा पश्चिमी साम्राज्यवादको मौलिक योगदान छैन, बरु उनीहरूले आर्य दर्शनबाट नै ज्ञान सापटी लिएको देखिन्छ।
अब प्रश्न उठ्छ— आर्यहरूको मूल निवास नेपाल तथा यसको वरपर हो वा होइन?
यस सम्बन्धमा विभिन्न पश्चिमी विद्वान्हरूले नै आर्यहरू हिमालयको काखका वासिन्दा भएको उल्लेख गरेका छन्—
१. विलियम जोन्स
2. प्रोफेसर वेनफे
3. हर्नेल
4. प्रोफेसर वेबर
5. मैक्समुलर
यी विद्वान्हरू पश्चिमी प्रभावका बावजुद सत्य लेख्न सक्ने साहस राख्ने व्यक्ति थिए।
आर्य समाजको प्राचीनता सम्बन्धी खोजहरूले २५,००० वर्षभन्दा पुरानो देखाउँछ। यदि साम्राज्यवादी विद्वान्हरूको समयरेखालाई नै आधार मान्ने हो भने पनि प्रमुख ऋषिहरूको समय अनुसार आर्य समाज हिमालय क्षेत्रमा नै बसोबास गर्थ्यो—
१. अङ्गिरा (समय नखुलेको)
२. वृहस्पति (१५२० ई.पू.)
३. भारद्वाज (१५०० ई.पू.)
४. विदथी (समय नखुलेको)
५. नर (१४६० ई.पू.)
६. संस्क्रिति (१४४९ ई.पू.)
७. गौरवीति (१४२० ई.पू.)
८. रेन्तिदेव (१४०० ई.पू.)
यी ऋषिहरूको निवास स्थान मुख्यतः हिमालय क्षेत्रमै रहेको देखिन्छ।
त्यसैले, नेपालको इतिहास मेट्न विभिन्न उपाय अपनाइएको छ। नेपाललाई कमजोर बनाउने राजनीतिक षड्यन्त्र, सञ्चारमाध्यमहरूद्वारा प्रचार गरिएका भ्रमहरू, र भ्रामक तथ्यहरूको आधारमा इतिहास लेखन जस्ता गतिविधिहरू यसका प्रमाण हुन्।
इतिहासलाई नष्ट गर्ने कार्य नेपाल र भारतका हिमाली समाजमा प्रभाव पारेर गरिएको देखिन्छ। तर, चीनले आफ्नो सभ्यता सुरक्षित राखेका कारण भविष्यमा सत्य उजागर हुन सक्ने सम्भावना रहन्छ।
किनभने, नालन्दा विश्वविद्यालयमा आगो लगाइएका बेला हजारौं पुराना पुस्तकहरू तिब्बत र चीनका विद्यार्थीहरूले जोगाएका थिए। छटौं शताब्दीमा चिनियाँ यात्री फैयानले पनि भारतबाट हजारौं ग्रन्थहरू जलमार्ग हुँदै चीन लगेका थिए।
त्यसैले, वास्तविक इतिहास चीनमा सुरक्षित रहेको छ। स्वयं चीन बुद्ध धर्मको देश हो, जुन यसको पुरानो धार्मिक-दार्शनिक परम्पराको प्रमाण हो। यसलाई नष्ट गर्न साम्राज्यवादले निरन्तर प्रयास गरिरहेको छ।