पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गोरखा र मनकामना मन्दिरमा पूजा
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गोरखा र मनकामना मन्दिरमा पूजा
    • बेल संचार

    • ८ चैत्र २०८१, शनिबार

काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गुरु गोरखनाथ र गोरखकाली माताको मन्दिरमा पूजा अर्चना गरेका छन्। शनिबार उनले परम्परागत रूपमा ती मन्दिरहरूमा पूजा गरेका हुन्।

शाहवंशीय परम्पराअनुसार गोरखकाली मातालाई कुलदेवीका रूपमा मानिन्छ। सोही परम्पराअनुसार पूर्वराजा शाहले मन्दिरमा पूजा गरेका थिए।

पूजाका क्रममा स्थानीय सर्वसाधारणले उनलाई स्वागत गरेका थिए। साथै, पूर्वराजा शाहले मनकामना मन्दिरमा पनि पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ।

साताकाे चर्चित
सम्बन्धित