खोटाङमा बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु
खोटाङमा बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु
    • बेल संचार

    • ८ चैत्र २०८१, शनिबार

खोटाङ ।

खोटाङमा दुई अलग-अलग घटनामा दुई जनाको मृत्यु भएको छ। एकजनाले चट्याङ लागेर प्राण गुमाए भने अर्को २१ महिने शिशु बार्दलीबाट लडेर निधन भएको छ।

केपिलासगढी गाउँपालिका-७ सुङ्देल गुल्टेन स्थित ४५ वर्षीया दिलकुमारी राई चट्याङ लागेर मृत्यु भएकी छन्। आज बिहान ४:०० बजे चट्याङ लागेर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

त्यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्क की २१ महिने शिशु अनुसोया पोखरेल घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि काठमाडौँ ल्याउने क्रममा बाटोमै उनकाे निधन भएको विष्टले जानकारी दिएका छन्।

साताकाे चर्चित
सम्बन्धित