दैलेख।
दैलेखको दुल्लु नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
दुल्लु नगरपालिका–६ निवासी २१ वर्षीय गगनबहादुर खड्काको शनिबार साँझ चट्याङ लागेर ज्यान गएको हो।
घर नजिकै गोठमा भैंसी सार्ने क्रममा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए।
बेहोस भएका खड्कालाई उपचारका लागि दुल्लु अस्पताल पुर्याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।