साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट
साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट
    • बेल संचार

    • १० चैत्र २०८१, आईतवार

काठमाडौं ।

साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५४.६२ अंक (२.०४ प्रतिशत) घटेर २६१४ अंकमा पुगेको छ।

बजार खुलेदेखि नै निरन्तर ओरालोमा देखिएको थियो, र कारोबार रकम पनि वृद्धि भएको छ। अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको कारोबार भएको छ।

कुल १३ कम्पनीको मूल्य बढ्दा २३० कम्पनीहरूको मूल्य घटेको छ। सबै सेक्टरका सूचक घटेका छन्, जसमा बैंकिङ १.४७%, विकास बैंक २.४२%, फाइनान्स २.९९%, होटल तथा पर्यटन २.२३%, हाइड्रोपावर २.३३%, लगानी २.०५%, जीवन बीमा १.८५%, उत्पादन र प्रशोधन १.४६%, माइक्रोफाइनान्स २.३६%, निर्जीवन बीमा २.०७%, अन्य १.७४% र व्यापार २.८५% प्रतिशत घटेका छन्।

यस दिन मूल्य धेरै बढ्ने कम्पनीहरूमा डिवेन्चर अगाडि रहे। आईसीएफसीडी ८८ को ३.८९%, कुथेली बुखरी स्मल हाइड्रोको २.८%, एनआईसीएडी ८२८३ को २% र एसबीडीबी ८७ को २% मूल्य बढेको छ।

त्यसैगरी, मिथिला लघुवित्तको मूल्य १०% घटेको छ, भने भूगोल इनर्जीको ७.२%, सयपत्री हाइड्रोको ६.४%, मायाखोला हाइड्रोको ५.६६%, र अपरसोलु हाइड्रोको ५.४६% मूल्य घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर र सिन्धु विकास बैंक क्रमशः अग्रस्थानमा रहेका थिए।

साताकाे चर्चित
सम्बन्धित