काभ्रेको तेमाल गाउँपालिका–९ भण्डारीवेशीमा टिप्पर दुर्घटना, चालक घाइते
काभ्रेको तेमाल गाउँपालिका–९ भण्डारीवेशीमा टिप्पर दुर्घटना, चालक घाइते
    • बेल संचार

    • ११ चैत्र २०८१, सोमबार

काठमाडौँ ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर–९ स्थित भण्डारीवेशीमा गएराति टिप्पर दुर्घटना भएको छ। सिन्धुलीको आँपघारीबाट रामेछापतर्फ गिट्टी बोकेर जाँदै गरेको बा.५ ख १३५ नम्बरको टिप्पर उकालोमा ब्रेक फेल भएर सुनकोशी नदीमा खसेको हो। दुर्घटनामा परेर चालक इन्द्र माझी घाइते भएका छन्। उहाँ काभ्रेको भुम्लु गाउँपालिका–१० का बासिन्दा हुनुहुन्छ।

इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीका अनुसार, दुर्घटनामा परेका चालकको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित