दिल्लीमा सेक्स र्‍याकेटको पर्दाफास, २३ महिलाको उद्धार
दिल्लीमा सेक्स र्‍याकेटको पर्दाफास, २३ महिलाको उद्धार
    • बेल संचार

    • ११ चैत्र २०८१, सोमबार

नयाँ दिल्ली ।

दिल्ली प्रहरीले पहारगन्ज क्षेत्रमा सञ्चालन भइरहेको एक सेक्स र्‍याकेट पत्ता लगाएर २३ जना महिलाको उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ३ जना नाबालिग र १० जना नेपाली नागरिक रहेको प्रेस ट्रस्ट अफ इन्डियाले  जनाएको छ।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा २१ वर्षीय नुरसेद आलम, २२ वर्षीय मोहम्मद राहुल आलम, ३० वर्षीय अब्दुल मनान, तौसिफ रेक्सा, २९ वर्षीय समिम आलम, २६ वर्षीय मोहम्मद जरुल र मोनिष रहेका छन्।

यो संयुक्त कारबाही पहारगन्ज प्रहरी थाना, सारदानन्द मार्ग प्रहरी थाना र हिम्मतगढ प्रहरी थानाले सञ्चालन गरेको थियो। प्रहरीका अनुसार आरोपीहरूले नेपालसहित पश्चिम बंगाल र भारतका अन्य राज्यबाट महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर दिल्ली ल्याउने र देहव्यापारमा संलग्न गराउने गरेका थिए।

प्रहरीले उनीहरूलाई पहारगन्जको एउटा कोठामा राखेको फेला पारेको थियो, जहाँबाट उनीहरूलाई विभिन्न होटलहरूमा पठाइने गरिन्थ्यो।

छापा मार्नु अघि, प्रहरीले सो क्षेत्रको रेकी गरेको थियो। साथै, प्रहरीले नक्कली ग्राहक बनेर प्रमाण सङ्कलन गरेको थियो, जसपछि सो र्‍याकेटको पर्दाफास भएको हो।

साताकाे चर्चित
सम्बन्धित