काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
सोमबार चितवनबाट काठमाडौं फर्केलगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन्। भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ।
प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तालाई हालै विकसित राजनीतिक घटनाक्रम, सरकार सञ्चालन, तथा समसामयिक विषयहरूबारे भएको परामर्शको रूपमा हेरिएको छ।