वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात १७२.०१ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
भटमासको तेल निर्यात उच्च
भन्सार कार्यालयका प्रमुख दीपक लामिछाने का अनुसार चालु आर्थिक वर्षमा भटमासको तेल प्रमुख निर्यात सामाग्री बनेको छ। आठ महिनामा मात्र १३ करोड ४७ लाख १० हजार १४२ लिटर भटमासको तेल निर्यात भएको छ, जसको कुल मूल्य २८ अर्ब १९ करोड रुपैयाँ रहेको छ।
जुस र फलामजन्य सामग्रीको निर्यात पनि उल्लेखनीय
यस्तै, अन्य प्रमुख निर्यात सामग्रीमा जुस र फलामजन्य सामग्री पर्छन्। चालु आवको आठ महिनामा
रु ४ अर्ब ८८ करोड मूल्य बराबरको जुस
रु ३ अर्ब ६८ करोड मूल्य बराबरका फलाम तथा फलामजन्य सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
निर्यात वृद्धिले मुलुकको व्यापार घाटा कम गर्न सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।