काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा विद्यार्थीहरूले प्रदर्शनीमार्गमा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन्।
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले कुलमान घिसिङको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए।
प्रदर्शनको नेतृत्व एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गरेका थिए। जलिरहेको पुत्ला बोकेर विद्यार्थीहरू अगाडि बढेपछि प्रहरीले पुत्ला खोसेको थियो।
विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै पराजुलीले सरकारले दलाल, माफिया र भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए। उनले भने, “यो सरकारलाई उज्यालो मन पर्दैन, कालो धन, अँध्यारो मनपर्छ, त्यसैले सरकारले भ्रष्टाचारलाई पक्षपोषण गरेको छ।”
उनले सरकारविरुद्ध देशभर आन्दोलनमा होमिन अपिलसमेत गरेका छन्।